पहिले बाइकमा दिए लिफ्ट, त्यसपछि खेतमा लगेर गरे बलात्कार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १४:२२

एजेन्सी । बसको प्रतिक्षा गरिरहेकी महिलालाई एक युवकले बाइकमा लिफ्ट दिएर बलात्कार गरेका छन्। यो घटना भारतको उत्तर प्रदेशस्थित शामल जिल्लाको हो।

बुधबार वेलुकी एक विवाहित महिला बस स्टपमा बसेर बसको प्रतिक्षा गरिरहेकी थिइन्। तब विश्वकुमार नामका एक युवक बाइकमा त्यहाँ पुगे र महिलालाई उनको गाउँसम्म छोडिदिने आस्वासन दिएर बाइकमा लिफ्ट दिए। महिला उनको कुरा मानेर उनको बाइकमा बसिन्।

केही बेरपछि आरोपीले बाइक खेतको किनारमा रोक र महिलालाई जबरजस्ती खेतमा लगेर बलात्कार गरे।

घटनापछि महिला घर पुगेर सबै कुरा परिवारलाई बताइन र परिवारले उनलाई प्रहरी चौकी लिएर गए। महिलाको अवस्था अहिले सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

२०७५ भदौ १५ गते १४:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर