मोदीलाई कालो झण्डाको डरः कालो रङको कपडा, जुत्ता, मोजा र बेल्टसम्म प्रतिबन्ध

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १५:३०

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने डरले उनको कार्यक्रममा सहभागी हुनेहरुलाई कालो रंगको कपडा, कालो जुत्ता, कालो मोजा र कालो रङको बेल्टसम्म लगाउन प्रतिबन्ध लगाइएको छ। मोदी अहिले बिमिस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौंमा छमोदी अहिले बिमिस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौंमा छन्। यहाँबाट फर्किएपछि उनी ५ सेप्टेम्बरमा राजस्थानको जयपुरमा एक र्यालीमा सहभागी हुँदैछन्।

यो र्यालीमा मोदीको विरोधमा कालो झण्डा देखाइने डरले कालो रंगका केही पनि लगाउन नपाइने नियम बनाइएको छ । यहाँ मोदीले राज्य स्तरका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम छ। यो कार्यक्रमको लागि ड्रेस कोड तोकेर निर्देशन जारी गरिएको छ । शिक्षा विभाग कालो रङसंग यतिसम्म त्रसित छ कि समारोहमा आउने शिक्षकहरुलाई कालो रङको कपडा, कालो जुत्ता, कालो बेल्ट, मोजा वा कालो रङको सर्ट-टिसर्ट लगाउन प्रतिबन्ध लगाइएको छ।

कैयौं जिल्लाका शिक्षा अधिकारीहरुले यो कार्यक्रममा सहभागी हुनेहरुलाई कालो रङको रुमालसमेत ल्याउन प्रतिबन्ध लगाएका छन् । यस्तो निर्देशनको विरोध भएपछि शिक्षा विभागदेखि जिल्ला शिक्षा कार्यालयसम्मले यस्तो निर्देशन नगरिएको बताएका छन् । तर यो निर्देशन लिखित नगरिएको भए पनि सबैलाई मौखिक निर्देशन भने दिइएको छ । यो कार्यक्रममा २०१३ पछि नियुक्त ५० हजार शिक्षक सहभागी हुँदैछन् । यो कार्यक्रमका लागि शिक्षक कार्यालयहरुले विचित्रका निर्देशन जारी गरिरहेका छन् । केही दिनअघि भरतपुरका जिल्ला शिक्षा अधिकारीले कार्यक्रममा नआउने शिक्षकको ५ सेप्टेम्बरको तलब काट्न आदेश दिएका थिए।
डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १५ गते १५:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर