सावधान ! भुलेर पनि नखानुहोस् एकै साथ यि खानेकुरा, स्वास्थ्यका लागि खतरनाक

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १६:५३

एजेन्सी । खानामा तालमेल नमिल्दा पनि मानिसको स्वास्थ्यमा अनेक समस्या निम्तिन्छ । अझ गर्मीको समयमा मानिसलाई फुड पोइजन हुने स्मभावाना बढि हुने गर्छ । हामीले खाने विभिन्न खानेकुराहरु एक आपसमा मिलेनन् भने हामीलाई फुड पोइजनको समस्याले सताउने गर्छ । त्यसैले हामीले कस्ता खानेकुराहरु एकै साथ खान हुदैन भन्ने कुरा राम्ररी जान्नुपर्छ । कतिपय खाना एकै साथ खाएमा हाम्रो ज्यान पनि जान सक्छ ।

भुलेर पनि यि खानेकुरा सगै नखानुहोस् ः

१) आँप र कांक्रा : गर्मीमा आँप उपलब्ध हुन्छ । आँप खुब स्वादिलो पनि हुन्छ । त्यस्तै गर्मीमा कांक्रा पनि स्वादिलो लाग्छ । यसमा पर्याप्त पानी हुन्छ । यी दुबै आ-आफ्नो गुणले भरिपूर्ण मानिन्छन् । तर, आँप र कांक्रा एकसाथ सेवन गर्नु स्वास्थ्यका लागि एकदमै हानिकारक हुनसक्छ । दुबैलाई एकसाथ सेवन गर्दा ग्याष्ट्रिक हुने, पेट भारीपन हुने समस्या हुन्छ ।

२) दुधजन्य उत्पादन र पालक : हुन त पालक पनिर निकै रुचाइएइको खान्की हो । खासगरी मासुमंस सेवन नगर्नेलाई पनिर पालक राम्रो बिकल्प मानिन्छ । दुधजन्य परिकारमा क्याल्शियम पाइन्छ । तर दुधजन्य उत्पादनलाई पालकसँग मिसाइयो भने क्याल्शियम पनि नष्ट हुन्छ । पालकमा अक्सैलिक एसिड हुन्छ, जसले क्याल्शियमलाई अवशोषित गर्नमा रोक्छ ।

३) दुध र दाल : भुटेको गेडागुडी एवं दाल र दुधसँग बनाइएको नास्ता स्वादिलो लाग्नसक्छ । तर दुबैलाई एकसाथ मिसाएर सेवन गर्दा त्यसले पाचन यन्त्रमा समस्या निम्त्याउँछ ।

४) टर्रो फल र दही : फल र दही आफैमा स्वस्थ्यवर्द्धक हो । कतिले फलमा दही मिसाएर पनि सेवन गर्छन् । तर किवी र सुन्तला जस्तो फलसँग दही सेवन गर्दा त्यसलाई पचाउन निकै कठिन हुन्छ ।

२०७५ भदौ १५ गते १६:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर