चलचित्र ‘केदारनाथ’का निर्देशकमाथि १६ करोड ठगीको आरोप

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १६ गते ११:५०

एजेन्सी । लामो समय देखि बिवादित चलचित्र ‘केदारनाथ’ फेरि कानुनी झमेलामा मुछिएको छ।

चलचित्रका निर्माता प्रेरणा अरोरा र निर्देशक अभिषेक कपूरमाथि १६ करोड रुपैयाँको धोकाबाजीको आरोप लागेको छ । पद्या फिल्मस्का अनिल कपुरले आफ्नो साथमा क्रिआर्ज इटरटेनमेन्टले १६ करोडको धोकावाजी गरेको आरोप लगाएक हुन् ।

उनले उक्त आरोप लगाउँदै एफआईआर पनि दर्ता गराएका छन् । तर क्रिआर्ज इटरटेनमेन्टले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेको छ । अभिषेक कपूरले आफूमाथि झुटो आरोप लगाएको बताए । केदारनाथ यस अघि पनि विवादमा तानिएको थियो। समयमै चलचित्र निर्माण नगरेको आरोप लागेको थियो।

२०७५ भदौ १६ गते ११:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर