चर्चित हिरोइन जसले खेलौना बन्दुकले पुलिसलाई तर्साउन खोज्दा आफ्नै ज्यान गयो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १६ गते १२:५८

एजेन्सी। हलिउडकी चर्चित हिरोइन भेनिसा मार्केजको ख्याल–ख्यालमै ज्यान गएको छ । भेनिसाले क्यालिफोर्नियाको पुलिसलाई खेलौना बन्दुक देखाएर तर्साउन खोजेकी थिइन् । पुलिसले फयरिङ गर्दा भेनिसाको मृत्यु भएको छ । ५० वर्षकी भेनिसा लामो समयदेखि बिरामी थिइन् ।

जानकारी अनुसार बिहीबार पुलिस सोधपुछको लागि भेनिसाको साउथ पासाडेनास्थित घर पुगेको थियो । जहाँ पुलिस र भेनिसाबीच झण्डै डेढ घण्टा कुराकानी भयो । यही क्रममा भेनिसाले आफ्नो खेलौना बन्दुक निकालेर पुलिसतिर तेस्र्याइन् । पुलिसलाइ लाग्यो कि बन्दुक सक्कली हो त्यसैले उनीहरुले फयर गरे । गोली हानीसकेपछि बल्ल पुलिसलाई थाहा भयो कि बन्दुक एउटा खेलौना थियो ।

भेनिसा २००५ देखि बिरामी थिइन् । उनलाई डिप्रेसनको उच्च समस्या थियो । त्यसपछि उनलाई ओडिसी र शपिङ एडिक्सन पनि भयो । यसको खुलासा भेनिसाले २००५ मा एक टिभी सिरिज इन्टरभेंसनमा गरेकी थिइन् । यो शोपनि उनले मानसिक समस्याबाट पार पाउने अनुमान गरिएपनि त्यसो हुन सकेन । भेनिसाका छिमेकीले नै उनको मानसिक हालत निकै बिग्रिएको भन्दै पुलिसलाई खबर गरेको बताइएको छ ।

२०७५ भदौ १६ गते १२:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर