मणिकर्णिका विवाद : कंगनामाथि सोनुले लगाए आरोप, बलिउडमा हंगामा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १६ गते १४:४०

एजेन्सी । कंगना रनौटको फिल्म “मणिकर्णिका” रिलिज हुनुभन्दा पहिला नै विवादमा फसेको छ । कहिले रिलिज डेट त कहिले स्टार कास्टका कारण विवादमा परेको छ ।

पछिल्लो पटक फिल्म बिचैमा छोडेका अभिनेता सोनु सुदले फिल्मकी सहायक निर्देशक तथा अभिनेत्री कंगना रनौटमाथि लगाएको आरोपले बलिउडमा हंगामा भएको छ ।

हालै कंगनाले सोनु सुदले महिला निर्देशकसँग काम गर्न अप्ठ्यारोमा मानेको बताएकी थिइन् । कंगनाको यो भनाईको जवाफ दिँदै सोनु सुदले कंगनामाथि कडा टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘मणिकर्णिकाकाृ टीमलाई बेस्ट अफ लक भन्न चाहन्छु । कंगना मेरी राम्री साथी हुन् र रहनेछिन् । तर उनी लगातार मसँग वुमेन कार्ड, भिक्टिम कार्ड खेलिरहेकी छन् । यो गलत हो ।’

सोनु सुदले फिल्मको निर्देशकमा जेन्डर इस्यू नहुने बताए । उनले आफूले फराह खानसँग काम गरेको उदाहरण दिँदै जेन्डरभन्दा पनि क्षमतामा भर पर्ने बताएका छन् ।

फिल्मबाट सोनु बाहिरिएकाले उनी रहेका दृश्य फेरि शुट गरिने कंगनाले जानकारी दिएकी छन् । उनले सोनुले समय नदिएको र महिला निर्देशकसँग काम गर्न नामनेकाले उनको स्थानमा अर्काे अभिनेता लिनुपरेको बताइन् ।

२०७५ भदौ १६ गते १४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर