चिकित्सक संघद्वारा आन्दोलनको घोषणा (हेर्नुहोस् विज्ञप्ति)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १६ गते ०:१३

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ।

सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।

यसै १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य सबै सेवाहरु बन्द गर्ने विज्ञप्तिमा जनाएको छ। भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति

२०७५ भदौ १६ गते ०:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर