यी हुन दिनहुँ प्याज खानुका यी १० चमत्कारिक फाइदाहरु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १६ गते १:५०

प्याज तरकारीमा मसलाको रूपमा प्रयोग गरिने मसला फल हो जुन माटोमुनि फल्छ। प्रायः सबै ठाउँमा यसको उत्पादन हुन्छ।
प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् । तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरुले नरुचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो ।

विज्ञहरुका अनुसार प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन् :

१. महिनावारी
महिलाको महिनावारी पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४(५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारीको दुखाइ कम हुन पुग्छ ।

२. दागधब्बा
प्याजले दागधब्बा हटाउन टेवा पुर्याउछ। प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।

३. क्यान्सर प्रतिरोधी
प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । यसको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरुले बताएका छन् ।

४. निद्रा नपर्ने समस्या
निद्रा नपर्ने समस्याका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मजाले निद्रा लाग्छ ।

५. मधुमेह
मधुमेहको जोखिम घटाउँछ । प्याजमा कम मात्रामा क्यालोरी र फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ ।

६. चिसो
यसले चिसो बाट लाग्ने रुघाखोकी जस्ता रोगका साथै बिबिध रोगहरु लाग्नबाट जोगाउन सहायोग पुर्याउछ।

थप जानकारीको लागि भिडियो हेर्नुस्…

 

२०७५ भदौ १६ गते १:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर