बाढीका कारण दुधौली खोलाको पुल भासियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते २:५९

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो ।

पुल भासिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । बाढीका कारण वैकल्पिक राजमार्गअन्तर्गत कटारी–दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएपछि अहिले चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सवारी सञ्चालनमा रोक लगाइएको दुधौली नगरपालिका–८ का वडाध्यक्ष मोहनचन्द्र दाहालले जानकारी दिए। पुलको पिलर भासिएपछि पुल नै लचकिएकाले अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारी साधन नचलाउन नगरपालिकाले अनुरोध गरेको छ ।

सडक विभागलाई छिट्टै डाइभर्सनको व्यवस्था मिलाइ आवतजावतमा सहज बनाउन माग गरिएको स्थानीय कपिल खड्काले बताए।

आर्थिक वर्ष २०६२/६३ मा प्रजुना निमार्ण सेवाले ठेक्का लिइ सम्पन्न गरेको पुल भासिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । २० मिटर लम्बाइ रहेको पुल रु २० लाख बराबरको लागतमा निर्माण भएको थियो ।रासस

२०७५ भदौ १७ गते २:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर