झरनाको ‘ए मेरो हजुर ३’को पोखरामा शुभमुहुर्त, अनमोलसँग डेब्यु गर्दै झरनापुत्री सुहाना

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते ४:२०

काठमाडौं । नायिकाबाट निर्देशक बनेकी झरना थापाले निर्देशन गर्न लागेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुहुर्त गरिएको छ ।

पोखराको विन्धवासिनी मन्दिरमा गरिएको शुभसाइतमा नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, छायांकार संजय लामा लगायतको टिम उपस्थित थियो ।

यस चलचित्रबाट नायिका तथा निर्देशक थापाले आफ्नी छोरी सुहानालाई चलचित्र क्षेत्रमा डेब्यू गराउँदैछिन् । जसका लागि सुहानाले अहिले अभिनयको कोर्ष सिकिरहेकी छिन् । अहिले पोखरामा नै केही दृश्यको छायांकन भैरहेको चलचित्रको रेगुलन छायांकन भने असोजबाट मात्र शुरु गरिने बताईएको छ ।

नायक अनमोल केसी शनिबार पोखरामा आयोजना भएको ‘अनमोल इभ’मा सहभागी हुन शुक्रबार त्यहाँ पुगेका थिए । सोही मौकामा चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रलाई चैत्र २९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा सुनिल कुमार थापाको लगानी रहने छ।

२०७५ भदौ १७ गते ४:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर