बलात्कारका घटना हुन नदिन सबैलाई गम्भीर हुन प्रधानमन्त्रीको आह्वान

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते ९:४३

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बालिका बलात्कारलगायतका घटना हुन नदिन सबैलाई गम्भिर बन्न आह्वान गरेका छन् । पछिल्लो समयमा मुलुकका विभिन्न भागमा बालिका बालात्कारका घटनामा बृद्धि भएपछि प्रधानमन्त्री ओलीले बलात्कारलगायतका घटना हुन नदिन सबैमा आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बालिका बलात्कार, महिला हिँसालगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने जनाए । उनले दिनदिनै बालिका बलात्कारलगायतका घटनाबाट नेपाली समाज अधोगतितर्फ उन्मुख भएको संकेत देखिएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न सिंगो समाजलाई गम्भिर बन्न पनि आग्रह गरे ।

आइतबार सिंहदरबारमा संविधान दिवस, मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्म अनुशासनको माध्यामबाट मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि जातीय हिंसा भड्काउन कोसिस भईरहेको उल्लेख गर्दै सचेत रहनुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले सामाजिक चेतनाको माध्यामबाट समाजलाई भड्काउन खोज्ने तत्वहरुलाई निष्तेज पार्न पनि मातहतका निकायलाई सचेत गराए। मुलुकका बिभिन्न स्थानमा बलात्कारपछि हत्या हुन थालेपछि सरकारको आलोचना भइरहेको छ ।

२०७५ भदौ १७ गते ९:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर