शेयर बजार नौ अङ्कले बढ्यो, लागनीकर्ता उत्साहित

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते १२:४३

काठमाडौँ। साताको पहिलो दिन अाइतबार शेयर बजारमा सुखद शुरुवात भएको छ। नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापक सूचक सेन्सेटिभ परिसूचक २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ। गत साता कारोवार रकम रु एक अर्बभन्दा कम रहेको थियो।

स्टककाअनुसार आज कूल १६४ कम्पनीको नौ लाख ६० हजार ७१४ कित्ता शेयर रु ३० करोड २५ लाख ९७ हजार मूल्यमा खरिद बिक्री भएको छ । नेप्से र कारोवार रकम दुवै बढेपछि लगानीकर्तालाई केही खुशी तुल्याएको छ। अाइतबार तीन उपपमूहको शेयर भने ओरालो लागेको छ। उत्पादन ०.७५, अन्य १.९ र जीवन बीमा कम्पनी १.०८ बिन्दुले घटेको छ।

यस्तै बैंकिङ ११.४१, होटल ३२.११, विकास बैंक १३.५२, जलविद्युत् ५.१३, वित्त ०.९४, निर्जीवन बीमा २९.४३ र माइक्रोफाइनान्स १०.१४ बिन्दुले बढेको छ। एनआइसी एशिया बैङ्क, तिनाउ विकास बैङ्क र भार्गभ विकास बैङ्कका लगानीकर्ताले अाइतबार कमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।

२०७५ भदौ १७ गते १२:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर