वैदेशिक रोजगारका क्रममा ३ सय १६ नेपाली कामदार अंगभंग

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते १२:५७

काठमाडौं। वैदेशिक रोजगारका क्रममा ३ सय ६१ नेपाली अंगभंग भएका छन्। वैदेशिक रोजगारको लागि खाडी तथा अन्य विभिन्न मुलुकमा कार्यरत नेपाली कामदार काम गर्ने क्रममा मेसिनले चेपिएर, दुर्घटनामा परेर तथा विभिन्न महामारी रोगको आक्रमणबाट समेत अंगभंग भएको वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले जनाएको तथ्यांकले देखाएको छ।

अंगभंग हुने ३ सय ६१ नेपाली कामदार मध्ये ३ सय ५६ जना पुरुष र ५ जना महिला कामदार छन्। नेपाली कामदार अंगभंग भएका देशहरुमा सबैभन्दा बढी मलेसियामा ११० जना नेपाली कामदारको अंगभंग भएको आथिक वर्ष २०७४/०७५को वैदेशिका रोजगार प्रर्वद्धन बोर्डको तथ्यांकले देखाएको छ। जसमध्ये १०९ पुरुष र १ महिला कामदार छन्।

साउदी अरेबियामा ८९ जना पुरुष नेपाली कामदारको अंगभंग भएका छन्। कतारमा ७०, संयुक्त अरब एमिरेट्स्मा ६२ नेपाली कामदार अंगभंग भएका छन्। यसैगरी कुवेतमा १४, दक्षिण कोरियामा ७, बहराइनमा ४, मकाउमा २ तथा अल्जेरियामा १ र ओमानमा १ जना नेपाली कामदार अंगभंग भएको तथ्यांकले देखाएको छ।

यो तथ्यांक विभिन्न देशमा अंगभंग भएका नेपाली कामदारहरु मध्ये वैदेशिक रोजगार प्रर्वद्धन बोर्डबाट आर्थिक सहायता पाउनेहरुको मात्रै हो। वैदेशिक रोजगारको क्रममा अंगभंग हुनेको संख्या अझै बढ्न सक्ने बोर्डले अनुमान गरेको छ। वैदेशिक रोजगारका क्रममा अंगभंग हुने नेपाली कामदारलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

वैदेशिक रोजगारका क्रममा अंगभंग हुनेका लागि आर्थिक सहायता यति नै भनेर सरकारले तोकेको छैन तर अंगभंग हुने नेपाली कामदारको प्रकृति हेरेर उनीहरुलाई सहायता प्रदान गर्ने बोर्डले जनाएको छ। नेपाल भरिका ६४ वटा जिल्लाका नेपाली कामदारहरुले आर्थिक सहायता लिइसकेका छन्।

आर्थिक सहायता लिने मध्ये सबैभन्दा बढी झापाका १७ जना वैदेशिक रोजगारको क्रममा अंगभंग भएका नेपाली कामदारले आर्थिक सहायता लिएका छन्। मोरङका १६ जना, नवलपरासीका १४ जना, सर्लाहीका ११ जना, तनहुँका ११ जना, पाल्पाका १० जना, नुवाकोटका ९ जना र विभिन्न जिल्लाका गरेर वैदेशिक रोजगार प्रर्वद्धन बोर्डबाट ३ सय ६१ जना अंगभंग भएका नेपाली कामदारले आर्थिक सहायता पाइसकेको बोर्डले जनाएको छ।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १७ गते १२:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर