उडिरहेको विमानमा रक्सीले मातेका यात्रुले महिलाको सिटमा गएर लाजमर्दो काम गरेपछि…

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते १३:००

एजेन्सी। उडिरहेको विमानमा रक्सीले मातेका एक यात्रुले महिला सिटमा गएर लाजमर्दो काम गरेपछि एयरलाइन्स कम्पनीले यसका लागि माफी माग्नुपरेको छ।

एयर इण्डियाको एक अन्तर्राष्ट्रिय उडानमा मातेका ती यात्रीले एक महिलाको सिटमा गएर पिसाब गरिदिएका थिए। भारतको नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री जयन्त सिन्हाले यस विषयमा मन्त्रालय र नागरिक उड्डयन महानिर्देशनालयलाई रिपोर्ट दिन एयरलाइन्सलाई निर्देशन दिएका छन्।

एयर इण्डियाले यो घटनाको कडा निन्दा गर्दै यात्रुको असुविधाको लागि क्षमा मागेको छ । यो घटना ३० अगष्टका दिन एयर इण्डियाको एआइ १०२ विमानमा भएको थियो । यो विमान न्यूयोर्कबाट दिल्ली आउँदै थियो । पीडित महिला यात्रीकी बेटी इन्द्राणी घोषले शुक्रबार साँझ यो घटनाका सम्बन्धमा ट्वीट गरेकी थिइन् । उनले एयर इण्डियाले यस सम्बनधमा ती जँड्याहा यात्रुलाई कुनै कारवाही नगरेकोमा असन्तोष जनाएकी छिन्।

२०७५ भदौ १७ गते १३:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर