घरभित्रबाट निस्किए १७ विषालु सर्प, पुलिसको समेत उड्यो होस्

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते १३:२१

एजेन्सी। सर्पको नाम सुन्दै धेरैको पसिना छुट्छ। घरमा सर्प देखियो भने कतिपय व्यक्तिहरुको सातोपुत्लो उड्छ । तर, एउटा घरभित्रबाट उकपछि अर्को गर्दै १७ सर्प निस्किएपछि पुलिसकै सातोपुत्लो उडेको छ।

अमेरिकाको भर्जिनियामा एक घरभित्र पुलिसले निकै विषालु १७ सर्प भेटेको छ। यी सबै रेटल स्नेक (नाग) प्रजातिका अत्यन्तै विषालु सर्पहरु थिए । तर सबैभन्दा ठूलो प्रश्न यो थियो कि यति धेरै सर्प यहाँ कसरी पुगे ? अनि पुलिसले यसबारे कसरी थाहा पायो ?

खासमा पुलिसलाई एक अज्ञात व्यक्तिले फोनमा सूचना दिएका थिए कि टकर काउन्टी क्षेत्रबाट सर्पहरु समातिएको छ र ती सर्पहरुलाई रेनडल्फ काउन्टीको एउटा घरमा राखिएको छ । पुलिस जब त्यहाँ पुग्यो सूचना सही निस्कियो । वेस्ट भर्जिनिया नेचुरल रिसोर्स पुलिसले फेसबुकमा यसको जानकारी दिएको हो।

जुन घरमा सर्प भेटिएका थिए त्यो घरमालिकलाई पक्राउ गरिएको छ । उनीमाथि सर्पलाई जंगलबाट अवैध रुपमा समातेर घरमा राखेको आरोप छ । पुलिसले सर्पलाई जंगलमा त्यही ठाउँमा छोडेको छ जहाँबाट तिनीहरुलाई समातिएको थियो।
डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १७ गते १३:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर