भोड्का नसा मात्रै होईन्, सौन्दर्य बढाउने अचुक नुस्का पनि !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते १७:२४

भोड्कालाई हामी सबैले मापदकपदार्थको रुपमा चित्रण गर्छौ । यसका सेवनकर्ताहरुले मादक पदार्थको रुपमै सेवन गर्छन् । तर यसो समितता यतिमा मात्र सिमित छैन् । यसले सौन्दर्य पनि बढाउने काम गर्छ । कपाल र छालाको सौन्दर्य बढाउन भोड्काको प्रयोग गर्न सकिन्छ । हेर्नुस् कसरी प्रयोग गर्ने ?

कसिलो छाला ः भोड्का लगाउनाले खुकुलो छाला कसिलो बन्छ । भोड्कामा स्टार्च हुन्छ जसले खुकुलो छालालाई कसिलो बनाउनमा मद्दत गर्छ । यसको नियमित प्रयोगले अनुहारमा देखिने चाउरीपन हराएउँछ ।

स्किन टोन ः भोड्कामा कपाललाई डुबाउँदै अनुहारमा विस्तारै रगड्नाले खुलेको रोमछिद्र बन्द भएर जान्छ । जसले छाला कसिलो हुनुका साथै मुलायम पनि हुन्छ ।

ग्लो ः भोड्काको प्रयोगले अनुहारमा चमक आउनुका साथै सुख्खा छालामा पनि चमक आउने हुन्छ । डन्डिफोरमा भोड्का लगाउँदा समेत चाँडै निको हुन्छ । कपाल र छालामा भोड्का लगाउनाले छालाको फोहोर पनि सफा हुन्छ ।

कपाल मुलायम ः स्याम्पूमा थोरै मात्रामा भोड्का मिसाएर कपालमा लगाउनाले कपाल मुलायम र सुन्दर हुन्छ । यसले कपालको रुखोपन पनि हटेर जान्छ । भोड्कामा एन्टीमाइक्रोवियल गुण हुन्छ जसले फंगस र ब्याक्टेरियालाई नष्ट गर्नमा मद्दत गर्छ । ब्याक्टेरियाले गर्दा नै कपालमा चाँया पर्छ ।

रेजरको सफाई ः प्रयोग गर्ने रेजरलाई भोड्कामा केही समय डुबाएर छोड्नुहोस् । केही समयमा रेजरमा भएका ब्याक्टेरिया नष्ट भएर जान्छ र छालामा कुनै प्रकारको संक्रमण हुँदैन ।

२०७५ भदौ १७ गते १७:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर