पाकिस्तानी नागरिकलाई साउदी अरबमा रोजगारीको समस्या किन ?
आजको खबर | प्रकाशित : २०७५ भदौ १८ गते ६:००
बीबीसी। साउदी अरबमा पाकिस्तानका लाखौं कामदार काम गर्छन्। यसले पाकिस्तानको अर्थव्यवस्थालाई ठूलो योगदान दिएको छ।
यो हप्ता शुक्रबार पाकिस्तानमा साउदी अरबका राजदूत नवाफ बिन सइद अल–मलिक रियादमा पाकिस्तानी दूतावास पुगेका थिए। अल–मलिकले रियादमा पाकिस्तानका राजदूत खान हशम बिन सादिकसँग भेटवार्ता गरे।
यो भेटमा खान हशद बिन सादिकले पाकिस्तानी पारिवारकालागि साउदीको विजा शुल्कमा कटौती गर्न अनुरोध गरे। पाकिस्तानी नागरिकले पाकिस्तानस्थित साउदी दूतावासले भिसा शुल्क धेर लिएको गुनासो गर्दै आएका थिए। यो विषयमा दुवै देशका राजदूतले चाँडै समाधान गर्ने बताएका छन्। दक्षिण एसियाबाट साउदीमा कामको खोजीमा सबैभन्दा धेरै पाकिस्तान, भारत र बंगालदेशी नागरिक पुग्ने गरेका छन्। यसबाहेक दक्षिण–पूर्वी देश फिलिपिन्सबाट पनि ठूलो संख्यामा कामदार साउद जाने गरेका छन्।
यी मुलुकका विपन्न कामदारकालाई भिसा शुल्कले निकै अर्थ राख्छ। फाइनेंशियल टाइम्सका अनुसार ठूलो संख्यामा विदेशी कामदार साउदी छोडिरहेका छन्। र त्यसको एक कारण भिसा शुल्क पनि हो।
फाइनेंशियल टाइम्सका अनुसार २०१७ को सुरुवातदेखि अहिलेसम्म ६ लाख ६७ हजार विदेशी कामदारले साउदी छोडिसकेका छन्। साउदी छोड्ने यो अहिलेसम्मकै ठूलो संख्या हो। तेल सम्पन्न यो मुलुकको अर्थव्यवस्था निर्माणमा दशकौंदेखि विदेशी कामदारको भूमिका महत्वपूर्ण रहँदै आएको छ। साउदीको ३० करोडको जनसंख्या मध्ये एक तिहाइ विदेशी नागरिक छन् भने यहाँको निजी क्षेत्रमा काम गर्ने मध्ये ८० प्रतिशत कामदार विदेशी छन्।
जतिबेलादेखि साउदी युवराज मोहम्मद बिन–सलमान साउदीको राजपरिवारमा सक्रिय भएका छन्, त्यतिबेलादेखि यहाँको अर्थव्यवस्थालाई नयाँ आकार दिने कोसिस जारी छ। उनको एक कोशिश के पनि हो भने यहाँको निजी क्षेत्रमा साउदी नागरिकको भागिदारी बढाउन सकियोस्।
साउदीको सरकारले एक वर्ष अगाडि विदेशी कामदारको आश्रितमाथि १,८९५ रुपैयाँ प्रतिमहिना शुल्क लगाएको थियो। यो शुल्कलाई लगातार पढाउँदै लगिएको छ। र, जुलाई, २०२० सम्म प्रत्येक महिना ७ हजार ५ सय २६ रुपैयाँ बनाउने तयारी गरिरहेको छ।
यही वर्षको जुलाइ अन्तिममा साउदी सरकारको श्रमिकको बजारको सर्वे जारी गरेको थियो। यो सर्वेममा साउदी कामदारबाट खाली भएको जागिर पूर्ती गर्न सफल हुन सकेको छैन। सरकारी तथ्याकंका अनुसार साउदीमा अहिले १२.९ प्रतिशत बेरोजगार छन्। साउदी राजकुमार मोहम्मद बिन सलमानका लक्ष्य तेलमाथिको साउदी अर्थव्यवस्थाको निर्भरता कम गर्दै २०१० सम्म बेरोजगार दर ९ प्रतिशतसम्म झार्ने हो।
रियादमा अल रजही क्यापिटलका रिसर्च प्रमुख माजेन अल सुदाइरी भन्छन्, ‘साउदीमा काम गने सबै विदेशी कामदारको ५३ प्रतिशत कामदार प्रत्येक महिना ३ हजार रियाल भन्दा पनि कम कमाउँछन्। यसमा धेरै जसो कामदार निर्माण क्षेत्रमा काम गर्छन।’
साउदीको नयाँ नियमको असर उसको सबैभन्दा इमान्दार छिमेकी मुलुक पाकिस्तानी कामारमाथि पनि पर्छ। किनभने पाकिस्तानकालागि साउदी कुनै अलग नियम बनाउँदैन। पाकिस्तानको प्रमुख पत्रिका डनका अनुसार २०१६ मा पाकिस्तानबाट साउदी जाने कामदारमा ११ प्रतिशत गिरावट आएको छ।
एसियाली विकास बैंकको एक रिपोर्ट लेबर माइग्रेशन इन एसियाका अनुसार साउदीमा कामदार आपूर्तिमा बंगलादेशले पाकिस्तानलाई पछि पारेको छ। बंगलादेशबाट साउदी जाने कामदारलाई साउदीले ६ वर्षसम्म प्रतिबन्ध लगाएको थियो। २०१६ को मध्यदेखि उक्त प्रतिबन्ध हटाइएको थियो।
पाकिस्तानी दैनिक पत्रिका द एक्सप्रेस ट्रिब्यूनका अनुसार साउदीमा काम गर्ने पाकिस्तानी कामदार आफ्नो कमाइ मुलुकमा पठाउन सधैं अगाडि हुन्छन्। तर अब यस्तो अवस्था छैन।
यस मामिलामा पाकिस्तानका लागि खाडी मुलुकमा युईए सबैभन्दा अगाडि छ। एक रिपोर्टका अनुसार जनवरी २०१८ मा साउदीबाट पाकिस्तान ३८ करोड ४० लाख डलर आएको छ। जुन गत वर्षको तुलनामा ११.५ प्रतिशत कम हो।
खलीज टाइम्सका अनुसार साउदी अबर र संयुक्त अरब इमिरेट्स दुई यस्ता मुलुक हुन् जहाँ पाकिस्तानी नागरिक सबैभन्दा धेरै काम गर्छन्। २०१५–१६ को आर्थिक वर्षमा दुवै मुलुकमा काम गर्ने पाकिस्तानी नागरिकले १९ अर्ब डलर पठाएका थिए। पाकिस्तानी अर्थव्यवस्थाकालागि यो रकम लाइफ लाइन जस्तै हो। यसमा कमी आएपछि पाकिस्तानसँग मात्र नौ अर्ब डलर विदेशी मुद्रामात्र बाँकी छ।
साउदी र पाकिस्तानबीचको सम्बन्ध सधैं सुमधुर रहँदै आएको छ। दुवै मुलुकबीच रक्षा र आर्थिक सम्बन्ध १९६० को दशकबाट सुरु भएको हो। यही क्रममा दुई मुलुकबीच रक्षा सम्झौता भएको थियो। पाकिस्तान साउदीलाई लामो समयदेखि सैन्य सहयोग गर्दै आएको छ। त्यसका बदलामा साउदीले पाकिस्तानलाई कश्मिर मुद्दामा साथ दिँदै आएको छ।
पाकिस्तानको अर्थव्यवस्थाकालागि साउदीले सधैं साथ दिँदै आएको छ। अरब न्युजको एक रिपोर्टका अनुसार पाकिस्तानका २० लाख भन्दा धेरै नागरिक साउदीमा काम गर्छन्। र, प्रत्येक वर्ष सात अर्ब डलर स्वदेशमा पठाउँछन्।
कुटनीतिक सम्बन्धका बारेमा एउटा भनाइ के छ भने कुनै पनि मुलुक स्थायी मित्र वा शत्रु हुँदैनन्। स्थायी त केवल आफ्नो हित मात्र हुन्छ। साउदी र पाकिस्तानको सम्बन्ध पनि अब यही भनाइ जस्तै भएको छ।
२०१५ मा पाकिस्तानी संसदले साउदी नेतृत्वमा यमन विरुद्ध सैन्य कारवाहीमा आफ्ना सेना पठाउने विरुद्ध एक प्रस्ताव पारित गरेको थियो। पाकिस्तान इनार विरुद्ध साउदीको माहोल बनोस भन्ने चाहँदैन। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू इरानसँग मिलेर काम गर्ने स्पष्ट पारेका छन्। साउदी र इरानको शत्रुतामा सुन्नी र शियाको विवाद मुख्य छ।
पाकिस्तानको सीमा इरानसँग जोडिएको छ। पाकिस्तानको जनसंख्यामा शिया समुदायको संख्या १५ प्रतिशत छ। यस्तोमा पाकिस्तानकालागि केलव साउदीलाई मात्र साथ दिनु सजिलो विषय होइन। इमरान खानले साउदी र इरानबीच सन्तुलन कायम राखेर अगाडि बढ्ने बताइसकेका छन्।
१९९० को दशकपछि भारत र साउदीबीचको सम्बन्ध नाटकीय रुपमा सुधार भएको छ। २०१४ मा सत्तामा आएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक साउदीको भ्रमण गरिसकेका छन्। मोदी भ्रमणको नतिजा साउदीको तेल निर्यातको दायरा भारतसँग बढेको र धेरै भारतीय नागरिक रोजगारीको क्रममा साउदी गएका छन्।
त्यसो त इरान पनि मध्यपूवमा भारतको सबैभन्दा नजिकको साझेदार हो। तर, अमेरिकाले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएपछि भारतकालागि आर्थिक साझेदारीका रुपमा साउदीको प्रासंगिकता बढेको छ। जुलाई महिनामा भारत साउदीको सबैभन्दा ठूलो तेल आयात गर्ने देश बनेको छ। यसअघि पहिलो नम्बरमा इराक थियो।
डिसी नेपालबाट साभार
पाकिस्तानी नागरिकलाई साउदी अरबमा रोजगारीको समस्या किन ?