स्वर्गीय गायक खेमराजका छोराको मिठो गीत सुनेर राजेश पायल राई भावुक (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते ७:२८

काठमाडौँ। चर्चित गायक खेमराज गुरुङको निधन भएको दुई वर्ष पुरा भएको छ। ‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ जस्ता लोकगितलाई रसिलो पाराले गाउन खप्पिस गायक गुरुङको जन्डिस बिग्रिएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

उनको निधनले नेपाली साङ्गीतिक क्षेत्रले अतुलनीय क्षति व्यहोरेको छ। आठवटा लोक गीतहरूका पुस्तक समेत प्रकाशित गरेका गुरुङले प्रबल गोरखा दक्षिण बाहु, इमेज अवार्ड लगायत दर्जन बढी पुरस्कार र सम्मान पाएका थिए।

उनको निधनको दुई वर्षपछि मिडियामा आएका स्वर्गीय खेमराज गुरुङका छोराले आफ्नो अद्‌भुत गायन कला प्रस्तुत गरेका छन्। उनको गीत सुनेर चर्चित गायक राजेश पायल राई समेत भावुक भए।

२०७५ भदौ १८ गते ७:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर