गौरा पर्वले सांस्कृतिक एकतालाई मजबुत बनाएको छः प्रधानमन्त्री

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते ९:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताएका छन् ।

प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताए ।

नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गर्दै आएको र यस्ता पर्वले सांस्कृतिक एकतालाई थप मजबुत बनाएको प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘नेपालका विभिन्न भाषा, संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।’रासस

२०७५ भदौ १८ गते ९:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर