७ स्टार होटलभन्दा पनि आलिसान सलमान खानको फार्महाउस, हेर्नुहोस् फोटोहरु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १०:३८

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानको घरको फोटोहरु धेरैले देखेका छन् तर उनको फार्महाउस भने कमैले मात्र देखेका छन् । सलमानको फार्महाउस मुम्बइको पनवेलमा अवस्थित छ । यहाँ सलमान कामको थकानबाट मुक्ति पाउन र फ्रेस हुन आउँछन् । उनी र उनको परिवारका सदस्यहरुलाई बेलाबेलामा यहाँ रमाइलो गरेको देखिएको छ । विभिन्न उत्सव, पार्टीहरुमा पनि सलमान यहाँ आउने गर्छन् ।

यो फार्महाउसको नाम उनकी बहिनीको नामबाट राखिएको छ । यो फार्महाउसको नाम अर्पिता फाम्र्स हो र यो १५० एकड क्षेत्रमा फैलिएको छ । सलमान आफ्नो जन्मदिन हरेक वर्ष यहीँ मनाउँछन् । यसबाहेक उनका साथीहरु पनि बेलाबेलामा यहाँ आउँछन् । यहाँ सलमानको लागि खास जिम पनि बनाइएको छ । सलमानको फार्महाउसमा घोडा पनि छन् र यहाँ उनले घोडसवारीको मजा लिन्छन् । सलमानका फिल्म बजरंगी भाइजान, ट्युबलाइट लगायतको केही दृश्यको सुटिङसमेत यही फार्महाउसमा गरिएको छ । हेर्नुहोस् फार्महाउसका फोटोहरु –

 

२०७५ भदौ १८ गते १०:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर