सरकारी घोषणा नारामै सिमित : फोहोरबाट बिजुली, हात्ती आयो हात्ती आयो फुस्सा !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १०:५१

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७१/७२ भित्रै काठमाडौं उपत्यका र अन्य शहरहरुको फोहोरबाट विद्युत उत्पादन सुरु गर्ने घोषणा गरेको थियो । लामो समय भइसक्दा सरकारले गरेको घोषणा नारामै सिमित बन्न पुगेको छ । यो बिचमा विद्युत उत्पादन गर्ने केहि प्रयाश भएपनि हालसम्म ठोस कार्य भने अघि बढ्न सकेको छैन् ।

फोहोरबाट विद्युत निकाल्ने सरकारी घोषणा नारामै सिमित बनेको हो । काठमाडौं महानगरपालिका अन्र्तगतको वातावरण विभागले उपत्यकाको फोहोरबाट ४० मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो ।सुरुमा दैनिक १४ किलोवाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो ।

विभागको सो कुरामा विदेशी कम्पनीहरुले चासो देखाएपछि पाँच वर्षअघि स्थानीय विकास मन्त्रालयले बोलपत्र आहृवान गरेको थियो । आवेदन दिनेमध्ये चार कम्पनी जर्मनका थिए । महानगरले १ करोड ८२ लाख रुपैयाँमा भारतबाट खरीद गरेको विद्युत् उत्पादन गर्ने मेसिनको सफल परीक्षण समेत गरिएको महानगरले जनाएको छ ।

काठमाडौंबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गर्न एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवद्र्धन परियोजनाअन्तर्गत महानगरपालिकाले प्रक्रिया अघि बढाएको थियो ।

उक्त परियोजनामा युरोपेली संघ (ईयू) को ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको थियो । परियोजनाको लागत करिब दुई करोड रुपैयाँ हुने महानगरको त्यसबेलाको अनुमान थियो ।

युरोपेली युनियनले आर्थिक सहयोग नै गर्ने भएपछि महानगरलाई फोहोरबाट बिजुली उत्पादन गर्न असहज थिएन । फोहोरबाट बिद्युत उत्पादन भएपछि फोहोर पनि हट्ने अनि विद्युत पनि आउने भन्दै धेरैले खुशी व्यक्त गरेका थिए । तर, फोहोरबाट बिजुली भन्ने कुरा हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै लाग्न थालेको छ ।

२०७५ भदौ १८ गते १०:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर