निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भीर छैन : सांसद दिलेन्द्र बडु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते ११:११

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले निर्मला पन्तका हत्याको विषयमा गम्भीर हुन सरकार तथा संसद्को ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधीसभाको सोमबारको बैठकमा उनले कञ्चनपुर घटनामा सुरु देखि सरकारले गम्भीर रूपमा नलिएको भन्दै त्यही कारणबाट एक जना किशोरको समेत ज्यान गएको बताए ।

सांसद बडुले कञ्चनपुर घटनाको स्थलगत अनुमगन गरी फर्किएका सांसद बडुले स्थलगत अनुगमनबारे जानकारी गराउँदै दोषीलाई कारबाही गर्नसमेत माग गरे ।

उनले उच्च पहुँचबाला बलात्कारी भए पनि छोड्न नहुने चेतावनी स्थानीयवासीले दिएको भन्दै कञ्चनपुरमा थप आन्दोलन गर्न नपरोस् भनेर सरकारलाई कञ्चनपुर बासीको आग्रह रहेको सुनाए ।

बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया पन्तको घटनामा प्रहरी प्रशासन नै शंकाको घेरामा रहेको भन्दै उनले उच्च स्तरीय छानबिन समितिमाथि सबैको ध्यान केन्द्रित भएको बताए ।

बैठकमा राजपाका सांसद प्रमोद साहले प्रहरी हिरासतमा बिरामी भइ उपचारका क्रममा मृत्यु भएका राममनोहर यादवबारे निष्पक्ष छानबिन गर्न माग गरे।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भदौ ७ गते बर्दियाको सदरमुकाम गुलरियामा कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका यादवलाई राज्य द्रोहको मुद्दा लगाएर थुनामा राखिएको थियो । थुनामा राखिएकै क्रममा बिरामी भएका यादवको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शनिबार बिहान मृत्युभएको थियो ।

२०७५ भदौ १८ गते ११:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर