बलिउड अभिनेता शक्ति कपुरले युवतीसँग काम दिएको बदलामा राखे यौन प्रस्ताव ! भिडियो नै बाहिरिएपछि

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते ११:३६

मुम्बइ । ७ सयभन्दा बढी बलिउड फिल्ममा काम गरेका शक्ति कपुर ३ सेप्टेम्बर १९५२ मा जन्मिएका हुन् । बलिउड अभिनेता शक्ति कपुरको आज जन्मदिन हो । फिल्ममा खलनायकको भूमिका गर्ने उनी वास्तविक जीवनमा पनि त्यतिबेला भिलेन बने जब उनको स्टिङ अपरेशनको भिडियो बाहिरियो । भिडियोमा उनी एक युवतीसँग काम दिएको बदलामा यौन प्रस्ताव गर्दै गरेको देखिएका थिए । शक्तिले युवतीहरुलाई फिल्ममा भूमिका दिने बहानामा विभिन्न मागहरु गर्ने गरेको त्यतिबेला खुलेको थियो ।

२००५ मा एक टिभी च्यानलबाट यो भिडियो प्रसारण भएको थियो । शक्तिले भिडियोमा ती युवतीसँग भनेका थिए ‘इण्डष्ट्रिमा यस्तो हुँदै आएको छ । आज जति पनि ठूला हिरोइन उचाइमा पुगेका छन् ती सबै यस्तै गरेर त्यहाँसम्म पुगेका हुन् ।’शक्तिको यो भिडियोप्रति बलिउडका धेरैले कडा प्रतिक्रिया दिएका थिए । उनलाई बलिउडमा काम गर्नै प्रतिबन्ध लगाइएको थियो ।

२०७५ भदौ १८ गते ११:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर