प्रहरीलाई दक्षिण एसियाकै उत्कृष्ट प्रहरी सङ्गठन बनाउँछु : आईजिपी खनाल

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १२:५८

बारा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई आगामी दिनमा दक्षिण एसियाकै उत्कृष्ट प्रहरी संगठन बनाउने दावी गरेका छन्। सोमवार बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयको हातामा निर्मित प्रहरी ब्यारेकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइजीपी खनालले सो कुरा बताएका हुन्।

उनले प्रहरी कर्मचारीहरु पूर्णतया जनताको सेवामा लाग्नुपर्ने भन्दै पैसा कमाउने रहर भए व्यापारमा लाग्न चेतावनी पनि दिए। उनले मातहतका निकायलाई जनताको धनजनको सुरक्षाका साथै महिला हिंसा, लगायत सामाजिक कुरिती हटाउन रचनात्मक भएर लाग्न निर्देशन पनि दिए।

उनले प्रहरीको मानसिकतामा परिवर्तन आउन जरुरी रहेको भन्दै जंगबहदुरको सिपाही जस्तो नभई जनताको सेवक बनेर नेपाली जनताको सेवा गर्न आग्रह गरे । उनले अन्यको तुलनामा २ नम्बर प्रदेशमा सुरक्षा चुनौती बढि रहेको भन्दै त्यसैअनुसार आघि बढ्न निर्देशन दिए।

२०७५ भदौ १८ गते १२:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर