कपालको सुन्दरताका कारण तहल्का मच्चाउदै ५ बर्षिय बालिका ! कपाल हेर्नकै लागि लाग्छ भिड

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १३:२३

एजेन्सी । महिलाको सौन्दर्यलाई अझ थप सौन्दर्य बढाउन कपालको मुख्य भुमिका हुन्छ । लामो र घना कपाल भएपछि महिलालाई निकै सुन्दर र आकर्षक देखिन्छ ।

एक बालिकाको सुन्दर कपालले गर्दा अहिले निकै चर्चित भएकी छ्न् । इजरायलको भोग पत्रीकामा उनको तस्बिर प्रकाशन थियो । पत्रीकामा उनको तस्बिर देखेर धेरै फ्यान बढेका छन् ।

इजरायलको तल अविव शहरकी ५ वर्षिय बालिका मिया आफ्नो सुन्दर र चम्किलो कपालको कारण सामाजिक सञ्जालमा भाइरल भएकी छन् । फेसन मार्केट र इन्टरनेटको दुनियाँमा उनले आफ्नो सुन्दरता र कपालको कारण तहल्का मच्चाएकी छन् ।

केही मानिसहरु उनको सुन्दर कपाल हेर्नकै लागि भएपनि उनी भएको ठाउमा आउने गरेका छन् । उनको कपाल यति सुन्दर छ की चर्चित मोडलहरुलाई पनि टक्कर दिने खालको छ । उनको कपाल स्याहार गर्नको लागि एक हेयर स्टाइलिस्ट पनि राखेका छन् । तर कतिपय मानिसहरुले भने उनलाई प्रदर्शनमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

२०७५ भदौ १८ गते १३:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर