३ सय रुपैयाँमा बिहे, महजोडीदेखि मनोज गजुरेलसम्मको सहभागी (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १३:३४

काठमाडौँ । विवाह नाममा गरिने फजुल खर्चलाई चुनौति दिदैँ शिक्षा अभियन्ता उत्तम सञ्जेल र कला अधिकारीले ३ सय रुपैयाँमा विवाह सम्पन्न गरेपछि यो बिषयले चर्चा पाएको छ । आजमात्रै काठमाडौंको गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले बिहे गरेपछि यो जोडीले प्रशंसा बटुलेको हो।

बिबाहका नाममा पछिल्लो समय फजुल खर्च बढिरहेको बेला यो जोडीले आदर्श विवाह गरेर राम्रो सन्देश दिन खोजेको भन्दै सबैतिरबाट राम्रो प्रतिक्रिया आएको छ।

विवाहमा यो जोडीले गरेको खर्च विवरण बुँदागत रुपमा फेसबुकमा भित्तामा राखिएको छ। दाइजोको नाममा रहेको विकृतिलाई पनि यसले चुनौति दिएको भन्दै प्रशंसा भएको छ।

विवाह समारोहमा कलाकारद्धय मनोज गजुरेल पनि सहभागि थिए। कतिपय फेसवुक प्रयोगकर्ताहरुले आदर्श विहे भन्दै फेसबुमा स्टाटस् लेखेका छन्।

२०७५ भदौ १८ गते १३:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर