आफूभन्दा २० वर्ष कान्छी हिरोइनको प्रेममा पागल भए रवि शास्त्री

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १३:३८

एजेन्सी । बलिउड अभिनेत्री र भारतीय क्रिकेटरबीच सँधै सम्बन्ध रहँदै आएको छ । धेरै यस्ता सम्बन्ध बिहेसम्म पुगेका छन् भने केही विचैमा तोडिएका छन्।

विराट कोहली र अनुस्का शर्माको जोडी सफल सम्बन्धको एक उदाहरण हो । यही बीचमा अर्को सम्बन्धले बि टाउन र क्रिकेट पीच दुबैतर्फ तरंग ल्याएको छ।

भारतीय क्रिकेट टिमका मुख्य कोच रवि शास्त्री बलिउडकी आफूभन्दा २० वर्ष कान्छी अभिनेत्रीको प्रेममा परेको चर्चा छ । समाचारअनुसार शास्त्री हाल एअरलिफ्टकी अभिनेत्री निमरत कौरसँग डेट गरिरहेका छन् ।

तर हालसम्म यी दुबै जनाले यो विषयमा कुनै धारणा राखेका छैनन् । श्रीमती रितुसँग २०१२ मा डिभोर्स गरेका ५६ वर्षीय शास्त्री ३६ वर्षीय कौरको प्रेममा पागल भएको बताइएको छ। शास्त्री र कौरबीच पहिलो भेट २०१५ मा एक कार्यक्रममा भएको बताइएको छ । सो भेटपछि यी दुईबीच भेट बाक्लिएको थियो।

शास्त्रीको नाम यसअघि पनि बलिउड अभिनेत्री अमृता सिंहसँग जोडिएको थियो । अमृता र शास्त्रीको फोटो एक म्यागजिनमा प्रकाशित भएपछि हलचल नै भएको थियो । तर शास्त्रीले त्यति बेला रितुसँग बिहे गरेका थिए।

डिसी नेपाल डटकमबाट साभार

 

२०७५ भदौ १८ गते १३:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर