६२ वर्षीय बृद्धले गरे १४ वर्षीया बालिका बलात्कार, ७ वर्ष जेल सजाय

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १४:०३

गाईघाट, उदयपुर । जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र-८ घर भई उदयपुरको बेलुका नगरपालिका-३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा ७ वर्षको जेल सजायको फैसला गरेको छ।

न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताए।

२०७४ फागुन २५ गते बेलुका नगरपालिका-३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर घारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो।

२०७५ भदौ १८ गते १४:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर