गेष्टहाउसमा किशोरीको सामूहिक बलात्कार, ३ जना समातिए

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १४:२७

झापा । झापाको दमकमा एक १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ।

गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका १ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुले साउन २९ गते ती किशोरीलाई सामूहिक बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। दबाबका कारण बलात्कारको घटना ढिला सार्वजनिक भएको हो।

दमकमा डेरा गरेर बस्ने उनी कक्षा ९ मा अध्ययन गर्छिन्। एक्लै बसेको थाहा पाएपछि सुमनले ललाइफकाई बाइकमा राखेर घुमाउन लगेको प्रहरीले जनाएको छ।

बाइकमा राखेर घुमाउन लाने क्रममा सुमनले अन्य साथीलाई पनि बोलाएको र पालैपाले बलात्कार गरेको प्रहरीको अनुसन्धान बाट खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।

२०७५ भदौ १८ गते १४:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर