२३ देशका सैन्य अधिकारी काठमाडौंमा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १४:३४

काठमाडौं । सैनिक इन्टेलिजेन्स क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुन एसिया प्यासिफिक क्षेत्रका २३ देशका सैनिक अधिकृतहरू काठमाडौं आएका छन्।

सोमबार शुरु भएको एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्समा १०३ अधिकृत सहभागी रहेको नेपाली सेनाले जानकारी दिएको छ।

रणनैतिक सुरक्षा चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाली सेना र युएस इन्डो(प्यासिफिक कमाण्ड डाइरोक्टोरेट अफ इन्टेलिजेन्सद्वारा संयुक्त रुपमा आयोजित तीन दिने सम्मेलन कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उदघाटन गरे ।

२०७५ भदौ १८ गते १४:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर