२४ औंला भएका किशोरको ज्यान खतरामा, जोगाउन २४ घण्टा पहरेदारी गर्छन् परिवार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १४:४१

एजेन्सी। एक किशोरको हातमा २४ औंला हुनु उनको पूरै परिवारको लागि संकटको कारण बनेको छ । ती किशोरले डरका कारण स्कुल जानै छोडेका छन् । उनको बली दिने आशंकामा उनको पूरै परिवार उनको सुरक्षाको लागि २४ घण्टा पहरेदारी गर्छन् । पीडित परिवारले प्रहरीसँग सुरक्षा मागेका छन् । प्रहरी एसपी बीपी श्रीवास्तवका अनुसार किशोरलाई दुःख दिनेविरुद्ध मुद्दा दर्ता गरिएको छ । किशोरको सुरक्षाको व्यवस्था गरिएको एसपी श्रीवास्तवले बताए ।

लखनउको गुर्री गाउँका खुल्लीलालका छोरा सुरेन्द्र १४ वर्षका छन् र उनी ९ कक्षामा पढ्छन् । सुरेन्द्रले हिजो प्रहरीमा उजुरी दिँदै आफ्नो सुरक्षाको माग गरेका हुन् । उनको हात र खुट्टा सबैमा सामान्यभन्दा १ औंला बढी छन् र जम्माजम्मी २४ औंला छन् । सुरेन्द्रका अनुसार पहिले पनि केहीले उनको बली दिने कोसिस गरेका थिए । उनीहरुले अब फेरि बली दिने कोसिस गरिरहेका छन् यही कारण डरले उनी स्कुल जान सकिरहेका छैनन् ।

पीडित किशोरका अनुसार उनका अफन्त भागीरथ र हंसराजसमेत केही व्यक्तिहरुले उनलाई फकाएर लिएर गएका थिए । उनीहरुले एउटा बगैंचामा ८ जनाको बीचमा राखेर पूजा गराए । यहाँ उनको औंलामा रंग लगाएर निशान लगाए । त्यही बेला त्यहाँ भएका एक बाबाले भने कि आज शुक्रबार हो । बिहीबार बलि दिने हो भने धन प्राप्त हुन्छ।

सुरेन्द्रले बताए कि मुहुर्त सही नभएका कारण उनीहरुले उनलाई घरमा ल्याएर छोडिदिए र धम्की दिए कि यदि कसैलाई केही बताए मारदिन्छौं । डराएका सुरेन्द्रले भने आमाबाबुलाई सबै कुरा बताए । सुरेन्द्रका पिता खुन्नीलालका अनुसार उनीहरुले त्यतिबेलादेखि २४ घण्टा छोराको रखवाली गरिरहेका छन् ।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १८ गते १४:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर