यहाँ चलिरहेछ बच्चा उत्पादन गर्ने कारखाना, कलिला किशोरीलाई जबरजस्ती बनाइन्छ आमा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १५:३४

एजेन्सी। अफ्रिकी देश नाइजेरियामा बच्चा उत्पादन गर्ने कारखाना चलिरहेका छन् । ‘बेबी फर्मिङ’ नामको यो धन्दा यहाँ उत्कर्षमा छ। अरु कसैलाई खुसी दिने नाममा भइरहेको यो धन्दाले भयानक रुप लिएको छ । कलिलो उमेरका अफ्रिकी र विदेशी किशोरीहरुलाई यहाँ जबरजस्ती गर्भवती बनाएर बच्चा जन्माइन्छ।

सन्तान नभएका जोडीको लागि बच्चा बेच्न सुरु गरिएको यो धन्दा निकै तीव्र गतिमा फैलिइरहेको छ । यसको लागि निसन्तान दम्पती ठूलो रकम तिर्न तयार हुन्छन् । केही महिला र युवतीहरु यहाँ पैसाको लोभमा आउँछन्। यसैको आडमा यहाँ किशोरीहरु किनेर ल्याइन्छन् र उनीहरुलाई जबरजस्ती गर्भवती बनाइ सन्तान जन्माइन्छन्।

यहाँ कलिलो उमेरका किशोरीहरुलाई बच्चा जन्माउन बाध्य बनाइन्छ । यीमध्ये धेरैजसो अनाथ वा गरिब हुन्छन् त्यसैले उनीहरु बाध्य भएर यो कामको लागि राजी हुन्छन्। नाइजेरियामा लुकिछिपी चलिरहेको बच्चा जन्माएर बेच्ने व्यापार निकै खतरनाक बन्दै गइरहेको छ। यहाँ बच्चा जन्माउने किशोरीहरुको उमेर १४ वर्षदेखि १७ वर्षसम्म हुन्छ। उनहिरु चाहेर पनि गर्भपतन गराउन सक्दैनन् किनकि नाइजेरियाको कानुनअनुसार गर्भपतन गराउन पाइँदैन।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १८ गते १५:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर