६५ लाख खर्चेर बनाईएको काठमाण्डौको झिलिमिली एक हप्तामै कवाडी (हेर्नुहोस् ८ तस्विर)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १९ गते १२:०५

आर्यन धिमाल

काठमाडौँ। यही भदाै १४ र १५ गते सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनको लागि काठमाडौँलाई बेहुली झै सिँगारिएको थियो। सम्मेलनमा सहभागी हुन आएका ६ राष्ट्रका विदेशी पाहुनाहरुको लागि काठमाडौँको विभिन्न स्थानमा सडक चम्काउनेदेखि ठाउँठाउँमा स्वागतद्वारसम्म राखियो।

विशेष गरेर विदेशी पाहुना बढी आवतजावत हुने तिनकुनेस्थित खुल्ला घाँसे मैदान वरिपरी नेपाललाई चिनाउने र नेपालका साँस्कृतिक सम्पदा झल्काउने तस्विर, झिलिमिली बत्ती र डिजिटल स्क्रिन राखिएको थियो।

जसले त्यस सडक भएर गुड्ने अनि हिड्ने पैदल यात्रुलाई मोहित बनायो। जुन निर्माण गर्न झण्डै ६५ लाख रुपैयाँ लागेको थियो। तर अहिले उक्त क्षेत्र पहिलेकै स्वरुपमा फर्किएको छ। त्यहाँ राखिएको विभिन्न सुन्दर तस्विर, भिलिमिली बत्ती र डिजिटल स्क्रिन सोमबार बेलुका हटाइएको छ।

तस्विरहरुलाई त्यहाँबाट लगिएको छ भने प्रयोग भएका अन्य फ्लेक्सका टुक्रा त्यही फोहोरको रुपमा छाडिएको छ साथै फलामका डण्डीहरु भने फोहोर उठाउने व्यक्तिहरुले लगेका छन्।

 

२०७५ भदौ १९ गते १२:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर