उत्तम सञ्जेलले खोले ३०० रुपैयाँमा बिहे गर्नुको कारण (भिडियो कुराकानी)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १९ गते १३:१५

काठमाडौँ । समता विद्यालयका प्रमुख एवं चर्चित शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा विवाह गरेका छन्, त्यो पनि ३०० रुपैयाँ मात्रैको खर्चमा।

सोमबार गुहेश्वरी मन्दिरमा सुन्दरीजलकी कला अधिकारीसँग सञ्जेलले विवाह गरेका हुन्। उनको विवाह खर्च मात्रै ३०० सयमा उम्किएको छ । कलाकार र पत्रिकाका सम्पादकसमेत गरेर मात्रै १०, १२ जना विवाह समारोहमा सहभागी थिए । सञ्जेलले टिसर्ट र प्यान्ट अनि चप्पल लगाएका थिए भने बेहुली सामान्य श्रृङ्गारमा सजिएकी कुर्ता सुरवालमा थिइन् । पोते, माला, घुम्टो र सिन्दुर पहिराएर सञ्जेलले विवाह सम्पन्न गरेका हुन् । त्यसपछि महजोडीको स्पोन्सरमा आएको सुगर फ्रि लड्डु बाँडिएको थियो।

एक युट्युब च्यानलसँगको कुराकानीमा उनले ३०० रुपैयाँमा बिहे गर्नुको कारण खोलेका छन्। हेर्नुस् भिडियो।

२०७५ भदौ १९ गते १३:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर