१० जनालाई अन्धो बनाएर तड्पाएर मारियो, हत्याराको बयान सुन्दा पुलिस नै डरायो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १९ गते १३:२५

एजेन्सी। अमेरिकाको कनास शहरमा १० जनाको हत्या गर्ने सिरियल किलरले निकै आश्चर्यजनक र डरलाग्दो खुलासा गरेका छन्।

उनीसँगको सोधपुछमा उनले भनेका कुराहरु कुराहरु सुन्दा पुलिस नै चकित परेको छ । उनले भने कि बाल्यकालमै उनको शरीरमा एक प्रेतमात्मा आएको थियो जसले उनीबाट यी सबै हत्या गराएको हो। डेनिस नामका ती हत्याराले १० जनालाई अन्धो बनाएर तड्पाइ-तड्पाइ मारेका थिए। मारिनेमा २ बच्चा पनि थिए।

१९७४ देखि १९९१ को बीचमा डेनिसले १० जनाको विभत्स तिरकाले हत्या गरेका थिए। लगातार एकै किसिमका हत्या भइरहँदा पुलिसले पनि बुझ्न सकिरहेको थिएन कि हत्याको कारण के थियो ? पुलिसले यति भने बुझेको थियो कि यो कुनै साइको हत्याराको काम थियो २००५ मा डेनिस पक्राउ परे।

आफैंलाई बीटीके (ब्लड, टर्चर, किलिङ) भन्ने यी हत्याराले पुलिससामु अपराध कबुल गरेका थिए। हालै उनीसँग सोधपुछ गरिएको भिडियो सार्वजनिक भएको छ जसले सनसनी मच्चाएको छ।

एक टिभी च्यानलले उनीसँगको सोधपुछको भिडियो प्रसारण गरेको थियो । जसमा उनी भन्छन् ‘म एक सोझो मान्छे हुँ। दिनहुँ चर्च जान्छु। म परिवारवाला मान्छे कसरी हत्या गर्न सक्छु ? तपाइँ मान्नुस कि नमान्नुस तर यो मेरा काम होइन मभित्र बसेको एक राक्षसको काम हो । ऊ बाल्यकालमै मभित्र घुसेको थियो । उसले ममाथि काबु पायो र निर्दोषलाई मेरो हातबाट मार्यो । मलाई त ती मानिसमाथि दया लाग्थ्यो जसलाई मैले मारें ।’

आफ्नी पत्नी र २ सन्तानको समेत हत्या गरेका डेनिस अगाडि भन्छन् ‘मलाई सानैमा कालो दुनिया भएको आभास भएको थियो। म जब आठ कक्षामा पढ्थें तब कालो दुनियाको सत्य थाहा भयो । अँध्यारो दुनियाले ममाथि कब्जा गरेको थियो।’ मिडिया रिपोर्टका अनुसार डेनिस हत्या गरेपछि पुलिसलाई सताउँथे। उनी एक फ्लपी डिस्कमा त्यो हत्याको अनुसन्धानमा पुलिसको असफलताको कुरा लेख्थे।

उनले त्यसमा गाली पनि लेख्थे । अन्ततः फ्लपी डिस्ककै आधारमा पुलिसले उनलाई समात्यो । रिपोर्टका अनुसार उनी हत्या गर्नुभन्दा अघि उनीहरुलाई अनौठो तरिकाले तयार गर्थे । त्यसपछि कैयौं दिनसम्म निकै यातना दिएपछि मार्थे ।

डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १९ गते १३:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर