पेट्रोल पम्पलाई विद्युतीय प्रणालीमा संचालन गर्दै आयल निगम

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १९ गते १३:४०

काठमाडौं । नेपाल आयल निगमले सबै पेट्रोल पम्पलाई विद्युतीय प्रणालीमा संचालन गर्ने योजना अघि सारेको छ।

पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित बनाउन सबै पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा संचालन गर्ने सोच अघि सारिएको निगमका कार्यकारी प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आयल निगमको व्यापार घाटा मासिक रुपमा करिव ६४ करोड हुने देखिएको पनि बताए।

उनले विद्यमान घाटालाई पूर्ति गर्नु निगमको लागि मुख्य चुनौति रहेको पनि स्पष्ट पारे। निगमले हवाई इन्धनमा हुने नाफाले मात्रै निगमलाई टिकाउन सकिएको पनि स्पष्ट पारेको छ।

२०७५ भदौ १९ गते १३:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर