संकटमा कंगनाको करिअर, अब उनले के गर्लिन ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १९ गते १४:०६

नयाँदिल्ली । बलिउड अभिनेत्री कंगना रनौट हाल चर्चामा छिन्। उनले आफ्ना ‘दुस्मन’ सूचीमा निरन्तर थप गरिरहेकी छन्। पछिल्लो समय यस्तो सूचीमा अभिनेता सोनु सुदको नाम थपिएको छ।

कंगनाले कुनै बेला भनेकी थिइन् बलिउडमा उनलाई कुनै खान ९शाहरुख, सलमान वा आमिर० को आवश्यकता छैन। उनी कुनै स्टारको पछाडी लागेर सफलता हासिल गर्न चाहँदिनन्।

२००६ मा ग्यांगस्टारदेखि पछिल्लो रिलिज फिल्म सिमनसम्म उनले लामो र विवादित यात्रा गरेकी छन्। कंगना हालका दिनमा चर्चामा आउनुको कारण उनको फिल्म मणिकर्णिकालाई सोनु सुदले छाडेपछि उत्पन्न विवाद हो। सुदले कंगनामा निर्देशकका रुपमा क्षमता नरहेकोसमेत बताएका छन्।

मणिकर्णिकाका निर्देशक कृषले कुनै कारणले फिल्म बिचैमा छोडेपछि कंगनाले फिल्मको बाँकी काम गरिरहेकी छन्। पछिल्ला केही वर्षमा कंगनाले तिब्र रुपमा आफ्ना विरोधी जन्माइरहेका छन्, जसमा सोनु सुदको नाम पनि जोडिएको छ।

फिल्म समिक्षक अर्नब बनर्जीको विश्वास छm कंगना यति तिब्र दुस्मन बनाउँदै गइन् भने फिल्म मेकिंग आर्टमा उनी एक्ली हुने छिन्। उनले भने, ‘कंगना निकै तिब्ररुपमा विवादमा घुस्दै गएकी छन्, यसमा थोरै लगाम लगाउन जरुरी छ।

यदी सिरियस फिल्म बनाउँन चाहन्छिन् भने आमिर खान जस्तै वर्षमा एकमात्र फिल्म बनाउन, र फिल्मका हरेक क्षेत्रमा हात हाल्न चाहन्छिन् भने प्रोड्यूसर पनि बनुन र त्यसैअनुसार कलाकार छनोट गरुन्।’

यसका लागि उनले अँझै धेरै कुरा सिक्नुपर्ने अर्नबको भनाई छ।

आजभोली कंगनालाई कामको कमी छैन । उनीसँग ४ वटा फिल्मका काम छन् । अर्नबले भने, ‘फिल्ममेकिंग एक टिम वर्क हो, यसरी सबैबाट टाढिँदै गएपछि यसको असर काममा पर्छ। र मानिसहरु तपाईँलाई विर्सँदै जानसक्छन् ।

कंगनाले गत वर्ष करण जौहरलाई उनकै शो मा मुभी माफिया र फिल्मका माध्यमबाट नपोटिज्मलाई बढाएको बताएकी थिइन् । यसपछि करण र उनका निटकहरुले कंगनासँग दुरी बनाएका छन् ।

कंगनाले तीन पटक नेशनल अवार्ड जितेर कमल हसन, नाना पाटेकर र नसिरुद्दिन शाह जस्ता अभिनेताको स्तरमा आफूलाई उभ्याएकी छन् । के कारण छ रु विवाद कंगनालाई पछ्याइरहन्छ । अजय ब्रह्मात्मज भन्छन्, ‘कंगनाले जस्तो होस आफ्नो करिअर आफै निर्माण गरेकी हुन्। बलिउडभन्दा बाहिरबाट आएकी कलाकार भएकाले उनको मेहनत दोब्बर छ । यस्तोमा बाहिरबाट आएको व्यक्ति ज्यादा आक्रमक हुन्छ र यसमा कुनै गल्ती पनि गर्छ । यही गल्ति कंगनाबाट पनि भएको छ ।’

उनले कंगनाको करिअर अहिले नै खतरामा नरहेको बताए । तर उनले मणिकर्णिका फिल्म उनको करिअरका लागि भने महत्वपूर्ण रहेको बताए।

उनले यो फिल्म चलेन भने उनलाई केही नोक्सान हुने भन्दै तर ठूला कलाकारका एक दुई फिल्म नचल्दैमा सामान्य असर परे पनि कुनै एक सफल फिल्म आएमा उनीहरुको करिअरले रफ्तार समातिहाल्ने बताए । यस्तो अक्षय कुमार, करिना कपुर, अअजय देवगण जस्ता कलाकारसँग पनि भएको उनले बताए । उनले अहिले नै कंगनालाई काम नपाइने अवस्था नरहेको बताए ।
डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १९ गते १४:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर