भूतलाई हानेको खुकुरी श्रीमतीको टाउकोमा लागेपछि…

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १९ गते १४:३५

ओखलढुंगा, एक व्यक्तिले मध्यरातमा भूतले तर्साएको भन्दै खुकुरी प्रहार गर्दा आफ्नै श्रीमतीलाई घाइते बनाएका छन् । खिजीदेम्वा गाउँपालिका वडा नं. ८ भूसिंगाका हितबहादुर विकले भूतले तर्साएको भन्दै खुकुरी प्रहार गर्दा उनकी श्रीमती गीतामाया घाइते भएकी छन् ।

हितबहादुरले भूत भनेर उठेर खुकुरी हान्दा प्रहार गरेको खुकुरी गीतामायाको टाउकोमा परेको थियो । खुकुरी प्रहारबाट गिताको टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेर गम्भीर घाइते भएकी छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

हितबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ओखलढुंगा प्रहरीले जनाएको छ ।

२०७५ भदौ १९ गते १४:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर