के तपाईंको कम सुत्ने बानी छ ? सावधान ! यस्ता खतरनाक रोग लाग्ला

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १९ गते १४:४९

शरीरलाई शक्ति सञ्चय गर्नका लागि मान्छे निदाउन जरुरी हुन्छ । कसैकसैलाई ठीकसँग निद्रा लाग्दैन या पूरा निद्रा निदाउन सक्दैनन् । यस्तो समस्या छ भने कैयौँ प्रकारका रोग पनि लागेको हुन सक्छ । मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, मोटोपनलागायतका समस्याले पनि अनिद्रा हुन सक्छ । सुत्नेवेला गर्ने विभिन्न व्यवहारले तपाईंको स्वास्थ्य कत्तिको तन्दुरुत छ भन्ने कुराको संकेत दिन्छ ।

श्वासप्रश्वास :

यदि तपाईं निद्राको क्रममा श्वासप्रश्वासमा समस्या हुन्छ भने तपाईं कुनै न कुनै समस्याबाट पीडित भएको बुझ्नुपर्छ । यो स्लिप ऐप्नियाको संकेत हुन सक्छ । यसको सबैभन्दा ठूलो कारण भनेको दैनिकीमा हुने गडबडी हो । सन्तुलित रूपमा दैनिकी नहुँदा र असन्तुलित जीवनशैलीका कारण यस्तो समस्याबाट बढी मानिस पीडित हुने गर्छन् । यस्तो समस्या छ भाने खाने, पिउने र सुत्ने बानी नियमित गर्न चिकित्सकीय सल्लाह लिन पनि जरुरी हुन्छ । निद्राको कमीबाट हुने प्रायः समस्या स्लिप एप्नियाको हुने गर्छ । जसले निद्रामा श्वासप्रश्वासमा बाधा उत्पन्न हुने गर्छ । यस्तो समस्या अझ घातक पनि हुन्छ ।

पटक–पटक पिसाबका लागि उठ्ने :

यदि रातमा तपाईं कैयौँपटक पिसाबका लागि जाग्नुहुन्छ भने यो मधुमेहको कारण पनि हुन सक्छ । रातको समय तीनपटकभन्दा बढी पिसाबका लागि उठ्ने कारण मधुमेह वा मधुमेहको पहिलो अवस्थाको संकेत हुन सक्छ । लगातार पिसाब आउने कारण ब्लडमा सुगरको मात्रा बढेर हो । जुन रगतमा भएको चिनीको मात्रा पिसाबका माध्यमबाट शरीरबाट बाहिरिन्छ ।

मुटुको धड्कन :

रातको समय मुटुको धड्कन निकै तीव्र हुन्छ भने यो ओभरएक्टिभ थाइराइडका कारण पनि हुन सक्छ । सुत्ने समय नियमित रूपमा अनिद्रा, मुटुको तीव्र गति र असहजताको समस्या छ भने यो हाइपरथाइराइडिज्मको कारण हुन सक्छ ।

अचानक ब्युँझिरहने :

सुतिरहेको अवस्थामा अकस्मात् ब्युँझिरहने र फेरि निद्रा आइहाल्ने बानी छ भने यसको कारण रेस्टलेस लेग सिन्ड्रोम हुन सक्छ । यो मस्तिष्कसम्बन्धी विकार हो । यस्तो विकारले तीन प्रतिशतभन्दा बढीलाई प्रभावित पार्छ । यस्तो समस्या छ भने खुट्टामा पनि असहजता सिर्जना गर्छ ।

२०७५ भदौ १९ गते १४:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर