कोलकत्तामा भयानक पुल दुर्घटना, मानिस र सवारी साधन पूरिए

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १९ गते १५:२७

एजेन्सी । भारतको कोलकत्तामा मंगलबार अपराह्न एक व्यस्थ बजारमा रहेको आकाशे पुल भत्किँदा ठूलो जनधनको क्षति भएको छ। कोलकत्ताको मझेरहाटस्थित आकाशे पुलएको एक भाग भत्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीले घटनामा कम्तिमा ५ जनाको मृत्यु भएको जनाएको छ।

बीबीसीका अनुसार निकै व्यस्थ हुने सो स्थानमा भत्किएको पुल तल केही सवारी साधानसमेत पुरिएका छन्। मृतकको संख्या बढ्न सक्ने बताइएको छ। प्रारम्भिक सूचनाअनुसार कम्तिमा ८ जना घाइतेसमेत भएका छन्।

कोलकत्तामा यो ठूलो दुर्घटना भएको बताइएको छ। मानिसहरु कार्यालयमा काम सकेर घर फर्कँदै गर्दा भारतीय समयअनुसार करिब ५ बजे यो घटना भएको हो।

घटनापछि पश्चिम बंगालकी मूख्यमन्त्री ममता वेनर्जीले त्यहाँ एक मन्त्री र कोलकत्ताका मेयरलाई घटनास्थलमा जान निर्देशन दिएको बताइएको छ। मूख्यमन्त्री बेनर्जी हाल दार्जिलिंगमा रहेको जनाइएको छ।

सत्तारुढ दल टिएमसिका एक सांसदले घटनापछि उद्धारकर्मी सो स्थलमा पुगेको जानकारी दिएका छन्। उनले दमकल, क्रेन, स्वास्थ्यकर्मी घटनास्थल पुगेको जानकारी दिएका छन्।

कोलकत्तामा पछिल्लो दुई वर्षमा यो दोस्रो पुल घटना हो। करिब ४० वर्ष पुरानो यो पुल भत्किएको र त्यसका कारण रेल वेसमेत बन्द भएको जनाइएको छ।
डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ १९ गते १५:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर