वर्षाका कारण अवरुद्ध रसुवाको राजमार्ग खुला

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २० गते ०:०८

रसुवा । वर्षाका कारण अवरुद्ध नेपाल चीनबीच रसुवाखण्डको राजमार्ग मंगलबार अपराह्नबाट पूर्णरुपले सञ्चालनमा आएको छ ।

प्रजिअ कृष्ण पौडेलका अनुसार रसुवागढी नजिकको पहिरोमा पहरो फुटाली नयाँ ट्र्याक खोलिएपश्चात् मालवाहक सवारी साधन आवतजावत थालिएको हो ।

धुञ्चे नदी आसपासका दुई पहिरो क्षेत्रमा पनि नयाँ ट्र्याक खोली सोमबारबाट यातायात सञ्चालन गरिएको र रसुवाखण्डको पासाङल्हामु राजमार्ग र स्याफ्रुबेशी रसुवागढी खण्डमा कुनै अवरोध नरहेको प्रहरीले जानाएको छ । उनले मालवाहक कन्टेनरबाट सामान आयात तथा निर्यात गर्न सबै व्यवसायीलाई आग्रह गरे ।

राजमार्ग खोल्ने कार्यमा नेपाली सेना कालीजङ्ग गणका गणपति शीतल बानियाँसहित डिभिजन सडक कार्यालयका प्राविधिक परिवार र सुरक्षा अङ्गका सबै निकायसमेतका महत्वपूर्ण योगदान रहेको प्रजिअ पौडेलले जानकारी दिए ।

व्यापारीले धमाधम आयात गर्न शुरु गर्ने प्रक्रिया अगाडि बढाइसकेको र नेपाल सरकारका तर्फबाट रसुवा भन्सार कार्यालयले दैनिक १०० भन्दा बढी मालवाहक सवारी साधनको जाँचपास गर्ने व्यवस्था मिलाई दिनसमेत आग्रह गरेका छन् ।रासस

२०७५ भदौ २० गते ०:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर