चट्याङ लागेर महिलाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २० गते ४:०६

इलाम । माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो ।

योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीयवासी टीकामाया योङहाङ र प्रकृति फत्र घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ ।रासस

२०७५ भदौ २० गते ४:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर