राजधानीमा गुण्डा नाइकेको इन्काउन्टर

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २० गते १४:३२

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा बुधबार, प्रहरी र सुनील उपनाम टिल्लु ग्याङबिच गोली हानाहान भएको छ। दोहोर भिडन्तमा टिल्लु ग्याङका तीनजना पक्राउ परेको दिल्ली प्रहरीले जनाएको छ।

एकजना प्रहरीले चलाएको गोली लागेर गम्भिर घाइते भएका छन। टिल्लु ग्याङमाथि हत्या, अपहरण, बलात्कार जस्ता घटनाहरुमा संलग्न रहेको प्रहरीले जनाएको छ।

विशेष जानकारिका आधारमा प्रहरी दिल्लीको अलीपुर क्षेत्रमा उनिहरुलाई पक्राउ गर्न गएको थियो। प्रहरी आएको कुरा टिल्लु ग्याङलाई जानकारी भएपछि उनिहरुले प्रहरी माथि नैं गोली चलाएका थिए।

जवाफमा प्रहरीले पनि गोली चलाएको थियो। घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। घटनाको बारेमा थप अनुसन्धान गर्न बाँकि रहेको प्रहरीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमलले जनाएका छन।
डिसी नेपाल डटकमबाट साभार

२०७५ भदौ २० गते १४:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर