प्रकाण्ड पाँचौ पटक पक्राउ, उतैबाट दाङ लगियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २० गते १५:१४

भोजपुर । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड पाचौपटक प्रकाउ परेका छन्। प्रकाण्डलाई भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा बुधबार रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले फेरि प्रकाउ गरेको हो।

अदालतले रिहा गरेलगत्तै उनीलाई पुनः पाचौँ पटक गिरफ्तार गरिएको हो । नेता प्रकाण्डलाई अदालतपरिसरबाटै गिरफ्तार गरि दाङ लैजाने लगिएको नेकपाले जनाएको छ।

पाचौंपटक प्रकाउ परेपछि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सामाजिक सञ्चालमा आपत्ति जनाँउदै लेखेका छन्, यो देखेर त पूर्वराजा ज्ञानेन्द्र समेत अचम्म मान्छन् होला।

हालसम्म नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पोलिटब्युरो सदस्यहरु पमद राई, उमा भुजेल, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरू किरण रार्इ, दिपेश रार्इ, टेकबहादुर केसी, असल खड्का, देवनाराण शाहलगायत सयौं नेताकार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् ।

उनलाई सर्वोच्च अदालतले पटक–पटक रिहा गर्न आदेश दिएपनि प्रहरीले बिनाकारण गिरफ्तार गर्दै आएको छ । प्रकाण्डलाई विमोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राती सवा ११ बजे भोजपुर पु¥याएको थियो । उनलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दा लगाइएको थियो।

२०७५ भदौ २० गते १५:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर