बाजुरामा करेन्ट लागेर दुई जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते १:२७

बाजुरा । बाजुरा कोल्टीमा करेन्ट लागेर बुधबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–३ मेलढुस्काका ४५ वर्षीया साउनी कला बोहरा र ५० वर्षीय बुदे बोहरा रहेका छन् ।

कोल्टीको बड्डीगार्ड खोला लघुजलविद्युत्को तार चुँडिएर खेतमा परेको अवस्थामा बारी गोड्न गएका बेला साउनी कलाको मृत्यु भएको हो । मृत्यु भएको जानकारीपछि उद्धारका लागि गएका बुदे बोहराको पनि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतबारीमा काम गर्न गएको बेला पोल ढलेर तार खेतबारीमा फैलिएको अवस्थामा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको साउनीकलाका छोरा धनबहादुर बोहाराले बताए ।

जलविद्युत् आयोजनाको लापरवाहीका कारण दुईजनाले ज्यान गुमाउनु परेको पनि उनले बताए।

२०७५ भदौ २१ गते १:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर