आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते ६:२१

राजविराज । प्रदेश सरकारले तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका एक व्यक्तिलाई राहत रकम उपलब्ध गराएको छ ।

प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका श्रवणकुमार झालाई रु तीन लाख राहत रकम उपलब्ध गराएका हुन ।

मन्त्री साहले आन्दोलनका क्रममा शहीद भएकाको परिवार र घाइतेको जीवनयापन सहज गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । विसं २०७२ मङ्सिर ५ गते तेस्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर झाको दायाँ खुट्टामा चोट लागेको थियो । त्यतिबेला उपचारकै क्रममा उनको खुट्टा काट्नुपरेको थियो ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सङ्घीय समाजवादी फोरम नेपालका नेता विनोद माझी, स्थानीय सञ्चारकर्मी गङ्गा साह र रामसेवक यादवलगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो ।

२०७५ भदौ २१ गते ६:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर