बिचित्रको मन्दिर ! जहाँ प्रवेश गर्ने वित्तिकै पुरुष महिला बन्छन्

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते १३:०२

एजेन्सी। यस्तो मन्दिर, जुन मन्दिरमा जाँदा पुरुष पनि महिला बन्छन्। यस्तो विचित्रको मन्दिर भारतको केरलस्थित कोललम जिल्लामा छ। मन्दिरको नाम कोेट्टनकुलगंरा श्रीदेवीको मन्दिर हो।

यो निकै प्राचीन मन्दिर हो। यहाँको परम्परा निकै अनौठो छ। यो मन्दिरमा पुरुष महिलाको रुपमा धारण नगरी प्रवेश गर्न पाउँदैनन्। यो देवीको मन्दिर भएका कारण देवीको पूजा गर्ने अधिकार महिलालाई मात्र हुने विश्वास गरिन्छ। यही भएर पुरुष यो मन्दिरमा प्रवेश गर्नु अगाडि महिलाको रुप धारण गर्नुपर्छ। यो मन्दिर भित्र प्रवेश गर्न पुरुषले साडी लगाउनु पर्ने हुन्छ। त्यही मात्रै होइन उनीहरुले १६ श्रृंगार पनि गर्नुपर्छ। त्यसपछि मात्र पुरुष महिला जस्तै देखिन्छन्। यो मन्दिरमा भक्तजनहरु निकै श्रद्धापूर्वक दर्शन गर्न आउँछन्।

पुरुषलाई महिलाको श्रृंगार गर्न मन्दिर परिसरमा एक कोठा बनाइएको छ। जहाँ महिलाको भेषभुसादेखि लिएर महिलाको नक्कली कपालसम्म छन्। केही पुरुषले आफ्नो मनोकामना पूरा होस भनेर महिला श्रृंगारको सामान पनि चढाउँछन्। यो मन्दिरमा कुनै पनि पुरुष सच्चा मनले कुनै फल माग्यो भने उसका सबै मनोकामना पूरा हुने विश्वास गरिन्छ।

यो मन्दिरमा चाम्याविलक्कू उत्सव मनाइन्छ। यो उत्सवमा सहभागी हुने देशका विभिन्न स्थानबाट पुरुषहरु आउँछन्। पुरुषबाहेक यहाँ तेस्रो लिंगीको पनि भीड लाग्छ। तेस्रो लिंगीलाई समानमा तिस्कार हुने र मन्दिरमा सम्मान मिल्ने उनीहरुको भनाइ छ। यो मन्दिर निकै प्राचीन हो र आफ्नो प्राकृतिक स्वरुपमा रहेको छ। यहाँ मन्दिरमाथि कुनै छत पनि छैन भने कुनै कलश पनि छैन।- dcnepal

२०७५ भदौ २१ गते १३:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर