बाजुरामा खाद्यान्नको सङ्कट, डिपोमा चामल रित्तियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते १३:१९

बाजुरा । जिल्लामा चालू आवको शुरुवातमै खाद्यान्न सङ्कट भएको छ। वर्षाका कारण साँफे-मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ। सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्न अभाव भएको हो।

मार्तडीस्थित नेपाल खाद्य संस्थानको डिपोमा मौज्दात २५० क्विन्टल चामल भदौको तेस्रो सातामै वितरण गरिएपछि अहिले गोदाम रित्तो छ। हाल डिपोमा रहेको ३० क्विन्टल गहँु वितरण भइरहेको नेपाल खाद्य संस्थान शाखाले जनाएको छ।

संस्थानले मोटो चामल प्रतिकिलो ३५ देखि रु ३९ तथा मसिनो सोना मनसुली रु ५० मा बिक्री गर्दै आएको छ । बजारबाट मोटो चामल प्रतिकिलो ४५ मा खरिद गर्नु परेको बडिमालिका नगरपालिका–३ का बालकृष्ण खड्काले बताए । नेपालगञ्ज र धनगढीबाट ढुवानी गरिँदै आएको चामल बाटोमै थन्किएको छ।

डिपोमा चामल सकिएपछि रित्तो हात घर फर्कन बाध्य भएको बडिमालिका नगरपालिका-७ का हरिचन्द्र पाध्यायले बताए। “पूरै बजार चाहार्दा एक पेटी चाउचाउ मात्र भेट्टाए,” उनले भने ।

यसअघि डिपोबाट दैनिक १० देखि २० क्विन्टलसम्म चामल बिक्री हुने गरेको थियो । खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझा यस वर्ष खाद्यान्न ढुवानीका लागि ठेक्का नभएको र पुरानो ठेक्काअनुसार चामल सकिएको बताएका छन्।

२०७५ भदौ २१ गते १३:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर