खगेन्द्र लामिछाने, सौगात मल्ल अभिनित जय भोलेको टिजर सार्वजनिक (टिजर सहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते १३:४१

काठमाडौं । खगेन्द्र लामिछाने सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामांग, राजाराम पौडेललगायत कलाकारको अभिनय रहेको पारिवारिक कमेडी नेपाली फिल्म जय भोलेको टिजर सार्वजनिक भएको छ।

टिजरमा देखाइएअनुसार यो फिल्म लब ट्रयायंगल विषयमा केन्द्रित। फिल्ममा सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत र खगेन्द्र लामिछानेको अभिनय दमदार देखिएको छ भने राजाराम पौडेलले कमेडीको तड्का लगाएका छन्।

यो फिल्म दशैसँगै प्रर्दशनमा आउने बताइएको छ। अशोक शर्माको निर्देशन तथा प्रस्तुतिमा बनेको हो। फिल्मको बिहीबार सार्वजिनक गरिएको टिजरले राम्रो रेस्पोन्स पाएको छ। यूटुबमाफर्त सार्वजनिक टिजरमा एक दिनमै ३४ हजार लगभग भ्यूज भएको छ।

२०७५ भदौ २१ गते १३:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर