अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा रामकृष्ण ढकालको भिडियो चयन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते १३:४५

अमेरिका । लोकप्रिय गायक रामकृष्ण ढकालले गाएको ‘अचेल पाइलै पिच्छे’ भन्ने गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टर नेशनल फिल्म फेस्टिबल अफ जर्सी सिटी नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको छ।

यो चयनले हाल अमेरिका क्यानडामा सांगीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई सांगीतिक यात्रामा अर्को खुशी थपिएको छ। यस प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै झन्नै १०० मुलुकका म्युजिक भिडियोहरु छानिएका छन्। नेपालबाट उक्त एकमात्र म्युजिक भिडियो चयनमा परेको हो।

हालै साझा प्रकाशनबाट ‘चराको गीत’ नामक चर्चित कविता संग्रह प्रकाशन गरेका चर्चित साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको यो गीत गायक तथा संगीतकार हिमाल सागरको रचनामा तयार भएको थियो भने उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामी खड्गले गरेका हुन्।

मानवीय जीवनको सफलता असफलता आरोह अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम संगीतका श्रोताहरुले निकै रुचाएको समेत पाइएको छ। आगामी २० सेप्टेम्बरदेखि २३ सेप्टेम्बरसम्म चल्ने यो प्रतियोगितामा रामकृष्ण ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियो समेत हुने छ।

आफ्नो म्युजिक भिडियो चयन भएकोमा युवा निर्देशक बिक्की पुलामी खडगले हर्षित हुँदै आफूलाई अत्यन्त गर्वको अनुभूति भएको र यो भिडियो अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत हुने आशा समेत रहेको बताए।

२०७५ भदौ २१ गते १३:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर